नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
अधिकार मागेर विद्रोह गरेको समूहलाई दबाएर र बहिष्करण गरेर अछुत बनाइएको हो : आहुति

२१औं सताव्दीको विज्ञान र प्रविधिको युगमा पनि मानिसहरुका बिचमा जातीय विभेद तथा छुवाछुत भइरहेको छ भन्दा मानिसलाई नै अपराधबोध महसुस भइरहेको हुन्छ । विभेद र छुवाछुत हुनुलाई आज सामान्यरुपमा लिइन थालिसकिएको छ । यो समाजको प्रगती होइन बरु हो दुर्गती र मानिसको दिमागको अमानवीयकरण । सधैं झैं आज पनि जातीय भेदभाव उन्मूलन तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । यस्ता दिवस आजसम्म धेरै मनाइएका छन् तर विभेद र छुवाछुत हटिसकेको छैन । राज्यले संविधानमा जातीय आधारमा कुनैपनि विभेद वा छुवाछुतलाई अस्वीकार गरिदिएको छ तर राज्यले नै विभेद र छुवाछुत गरिरहेको छ । राज्यको माथिल्लो तहमा बसेर ढुकुटीमा तर मारिरहेकाहरुका लागि त विभेद उन्मूलन गर्ने विषय कहिल्यैपनि प्राथमिकतामा परेन । त्यसैकारण ०७ सालदेखि यता धेरै पार्टीहरुले विभेद समाप्त पार्नका लागि युद्ध र आन्दोलन गर्दै आए । पलस्वरुप केही परिवर्तन त आयो तर त्यसमा निरन्तरता नहुँदा पाइएका उपलब्धिहरु पनि गुम्ने खतरा विद्यमान छ । यसै सन्दर्भमा आज नेपालमा जात प्रथा के हो र यो कस्तो अवस्थामा छ ? भन्ने विषयमा दलित अभियन्ता तथा मार्क्सवादी सौन्दर्य चिन्तक विश्वभक्त दुलाल ‘आहुति’





