असार १ गते जिससको निर्वाचन हुने दोल्खामा ।

0Shares

दोलखा । दोलखामा जिल्ला समन्वय समितिको निर्वाचन आगामी असार १ गते हुने भएको छ ।

मुख्य निर्वाचन कार्यालय दोलखाले आज जिल्ला समन्वय समितिको निर्वाचन कार्यातालिका सार्वजनिक गरेको हो । जसअनुसार यही जेठ २४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार जेठ २४ गते मतदाता नामावली प्रकाशन, २६ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

यस्तै, जेठ २७ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ । २८ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सुची प्रकाशन गर्ने तथा उम्मेदवारको विरोधमा उजुरी दिनका लागि समय तोकिएको छ ।

जिल्ला समन्वयन समितिको निर्वाचनका लागि जेठ २९ गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख छ । त्यसपछि ३० गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेर असार १ गते मतदान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *