पहिलो नम्बरको संगठन बन्नेगरी काम गर्न अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

0Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई आगामी निर्वाचनसम्म पहिलो नम्बरको संगठन बनाउन निर्देशन दिएका छन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित कार्यालय टिमसँग भएको छलफलमा प्रचण्डले संगठभित्रको समस्यालाई समाधान गरेर सशक्त ढंगले अघि बढ्न समेत आग्रह गरेका छन् ।

संगठनलाई विस्तार गरी समाजमा राजनीतिक चेतनासहितको सन्देश दिन अध्यक्षले निर्देशन दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *