नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
वाम एकता मुलुकको आवश्यकता हो : झलनाथ खनाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए ।
वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे । ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’





