दोलखाको कार्यपालिकाहरुमा एमाले बलियो, चार कार्यपालिकामा एकल बहुमत

0Shares

चरिकोट – दोलखाको ९ वटा स्थानीय तहको नगर तथा गाउँकार्यपालिकामा एमाले बलियो देखिएको छ । जिल्लाको दुई नगर तथा ७ गाउँकार्यपालिकाको लागि भएको निर्वाचनमा एमालेले ४ वटामा बहुमत प्राप्त गरेको हो । जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक गरेको नतिजा अनुसार एमालेले भीमेश्वर नगर र मेलुङ, विगु र शैलुङ गाउँकार्यपालिकामा एकल बहुमत प्राप्त गरेको छ ।

अनुसार एमालेले भीमेश्वर नगर र मेलुङ, विगु र शैलुङ गाउँकार्यपालिकामा एकल बहुमत प्राप्त गरेको छ ।

Siddhartha bank
मेयर र उपमेयर जितेको जिरी नगरकार्यपालिकामा भने एमालेले बहुमत गुमाएको छ । बिहिवार भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, कालिञ्चोक र विगु गाउँपालिकाको कार्यपालिका निर्वाचन भएसँगै जिल्लाको ९ वटै स्थानीय तहको कार्यपालिकाले पुर्णता पाएका छन् ।

यस्तै गौरीशंकर गाउँपालिकामा माओवादी र बैतेश्वरमा कांग्रेसको एकल बहुमत देखिएको छ । जिरी नगरपालिका, तामाकोसी र कालिञ्चोक गाउँकार्यपालिकामा भने कुनै दलको एकल बहुमत छैन ।

बिहिवार सम्पन्न निर्वाचन अनुसार भिमेश्वर नगरपालिकाको कार्यापालिकाको सबै सदस्य पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । ६ जना महिला सदस्य र तीन जना दलित तथा अल्पसंख्यक सदस्य पदमा निर्वाचन भएको थियो । महिला सदस्यमा निर्वाचित हुनेहरुमा किरण ओली, खेम कुमारी श्रेष्ठ, मिना विश्वकर्मा, मुना श्रेष्ठ र सुसिला खड्का थापा रहेका छन् भने दलित वा अल्पसंख्यकतर्फ गोपाल बहादुर थामी, गोरे बहादुर सार्की र भिम बहादुर भुजेल रहेका छन् ।

यसैगरी, विगु गाउँपालिकाको कार्यपालिकाको ६ सदस्यहरुको सबै पदमा भएको निर्वाचनबाट एमालेकै उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा गोमा केसी, ज्योती माया थामी, टहल माया तमाङ, मैया तमाङ र दलित र अल्पसंख्याकतर्फ छिरिवाङ्जे शर्पा र लोक बहादुर नेपाली निर्वाचित भएका हुन् ।

शैलुङ गाउँकार्यपालिकाको ६ जना सदस्यहरुमा पनि एमाललेका ६ जना निर्वाचित भएका छन् । जसमा वन्दना पाख्रिन, मछिन्द्र नेपाली, चम्सुरी कार्की, सन्तोषी गुरुङ, युवराज घतानी र विशाल विश्वकर्मा रहेका छन् ।

कालिञ्चोक गाउँकार्यपालिकाको सदस्यका लागि भएको निर्वाचनबाट भने मिश्रिम परिणाम आएको छ । महिला सदस्यतर्फ माओवादी केन्द्रबाट सुनिता कार्की र गोपिनि दर्जी, नेपाली कांग्रेसबाट विनिता शिवाकोटी र नेकपा एमालेबाट तारा माया थामी निर्वाचित भएका छन् । दलित र अल्पसंख्याकतर्फ नेकपा माओवादीबाट बजुराम घतानी र नेपाली कांग्रेसबाट भवानी थापा चयन भएका छन् । कालिञ्चोकमा बहुमतमा रहेको गठबन्धन उम्मेदवारलाई पराजित गर्दै एमालेकी तारामाया थामी महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *