जिरीमा प्राबिधिक शिक्षालयको भबन गुणस्तरहिन, कक्षा संचालन नहुँदै पानी चुहियो

0Shares

दोलखा,२० जेष्ठ । जिरी प्राबिधिक शिक्षालयको ३ करोड ८२ लाख ६० हजार ३ सय ८१ रुपैया लागतमा निमार्ण समपन्न शिक्षालय भबन निमार्णमा गुणस्तरहिन हुँदा पानी चुहिएर कक्षा संचालन गर्न नमिल्ने अबस्था आएको छ । 
दोलखाको जिरी नगरपालिका वडा नम्बर ५मा रहेको नेपालकै पुरानो प्राबिधिक शिक्षालय भबन भुकम्पले भत्किएपछि बिभिन्न दातृ निकाय र बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था मार्फत निमार्ण भईरहेका छन् । यहि शिक्षालयको भबन निमार्णमा त्रुटि हुँदा शिक्षालयलाई हस्तातरण भईसकेको भबनमा पनि कक्षा संचालन हुन सकेको छैन ।  यो भबन डिप्लोमा सिभलि ईन्जिनियरिङ कक्षा संचालनका लागि भन्दै बागमती प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय अन्र्तगत सार्बजनिक निमार्ण कार्यन्वयन ईकाई काभे्रपाल्चोकले ठेक्का आब्हान गरि ए.एस पाईनस  जेभिलाई मिति २०७७साल असार ३० गते ठेक्का सम्झौता गरेको थियो । हाल भबन प्रयोगहिन अबस्थामा रहेको र भबनमा केहि समस्याहरु देखिएकाले मर्मत सम्भार गरिरहेको प्राबिधिक शिक्षालय प्रमुख अन्जना घिमिरेले बताईन् । प्रमुख घिमिरेले भबन गुणस्तरहिन भएको स्वीकार्दै सिमेन्टको रेसियो नमिलेका कारण भबन चर्किएको बताईन् । प्रमुख घिमिरेले भबन निमार्णमा प्रदेश कार्यलयले अनुगमनको सबै पाटो हेर्ने र ठेकेदारले हस्तान्तरण गर्ने भएकाले आफ्नो कुनै हात नरहेको बताईन् । शिक्षालयको प्रमुख र केहि कर्मचारीको मिलेमत्तोमा गुणस्तरहिन निमार्ण कार्य गरेको भन्दै स्थानियहरुले प्रश्न उठाएका छन् । तिन तले भबनको तेस्रो तलाको प्रर्खालमा पानी रसाएको ,छतबाट पानी चुहिएको, प्लाष्टर भत्किएको ,कक्षा कोठाको कोरा मसिनो भत्किएको ,गाह्रो फुटेको, बिजुलीको वाइरिङमा गुणस्तरहिन सामान प्रयोग गरेको,धाराका सामानहरु गुणस्तरहिन प्रयोग गरेको पाईएको छ । गुणस्तरहिन भबन निमार्ण हुनुमा शिक्षालय प्रमुखको समेत हात रहेको बिद्यार्र्थीहरुले नै आरोप लगाउन थालेका छन् । भबनमा समस्या आउनु र चैत्रमा हस्तातरण गरिएको भबनको कक्षाकोठा हाल सम्म संचालनमा नआउनुमा शिक्षालयको प्रशासन पनि जिम्मेवार नहुँदा शिक्षालयमा समस्या  निम्तिएको  प्राबिधिक बिषयमा अध्ययन गर्ने बिद्यार्थीले नै बताउन थालेका छन् । प्राबिधिक उत्पादन गर्ने थलोको भबन निमार्णमा नै गुणस्तर बारे प्रश्न उठ्नु लज्जाबोध भएको स्थानिय कुमार जिरेलले बताए ।
यता भबन निमार्णका लागि ठेक्का पाएका ए. एस पाईनसका प्रतिनिधि भरत कार्कीले गाह्रोबाट पानी छिरे पनि ढलानबाट पानी नछिरेको दाबि गरे । ठेकेदार प्रतिनिधि कार्कीले ठेकेदार कम्पनीको १३ महिना सम्म मर्मतको जिम्मेवारी हुने भएकाले आफुहरुले समस्या देखिएको ठाउँमा मर्मत सम्भार गर्ने र गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *