नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
स्थानीय कार्यलय निर्माणका लागि तामाकोशी गाउँपालिकाले माग्यो ५० रोपनी जग्गा

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाको स्थायी केन्द्र निर्माणका लागि ५० रोपनी जग्गादान माग गरेको छ ।
स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक बसेको तामाकोशी गाउँपालिका गाउँकार्यपालिकाको बैठकले पालिकाको स्थायी केन्द्र निर्माणका लागि जग्गादाताबाट जग्गा माग गरेको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ३ चनौटे देखि वडा नम्बर ४ शहरेको सिमानासम्म तीनसय मिटर तलमाथि ५० रोपनी जग्गा दानमा माग गरिएको गाउँपालिकाले जनाएको छ । २१ दिनको समय तोकेर जग्गादाताबाट जग्गादान माग गरिएको छ ।
सडकको पहुँच पुगेको र सबैलाई पायक पर्ने स्थानको अवस्था हेरेर जग्गादान गर्न इच्छुक स्थानीयसँग जग्गादान गर्न माग गरिएको तामाकोशी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष प्रोण प्रताव केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको केन्द्र निर्माणका लागि दाताहरुले जग्गा दिन इच्छा देखाएपछि पालिकाबाटै निर्णय गरेर जग्गादान माग गरिएको हो । जफेको मानेडाँडा र मालु डाँडागाउँ आसपासमा पालिकाको स्थायी केन्द्र निर्माण गर्नेगरी जग्गा माग गरिएको अध्यक्ष केसीले बताउनुभयो । जग्गादाताबाट जग्गा दान आएमा पालिकाबाट तत्काल बहुमत जुटाएर निर्णय गरि स्थायी केन्द्र निर्माणको काम अघि बढ्नेछ ।
दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाको स्थायी केन्द्र निर्माणका लागि ५० रोपनी जग्गादान माग गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक बसेको तामाकोशी गाउँपालिका गाउँकार्यपालिकाको बैठकले पालिकाको स्थायी केन्द्र निर्माणका लागि जग्गादाताबाट जग्गा माग गरेको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ३ चनौटे देखि वडा नम्बर ४ शहरेको सिमानासम्म तीनसय मिटर तलमाथि ५० रोपनी जग्गा दानमा माग गरिएको गाउँपालिकाले जनाएको छ । २१ दिनको समय तोकेर जग्गादाताबाट जग्गादान माग गरिएको छ ।
यसअघि तामाकोशीमा दुई तिहाई बहुमत पुग्न नसक्दा पालिकाको केन्द्र टुंगो लाग्न सकेको थिएन ।२०७४ सालको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पालिकाको केन्द्र नै नतोकि आफ्नो पाँच वर्षे कार्यकाल गुजारेर विदाई भएका छन् । जफे जामुनेमा कुनै पनि संरचना नभएका कारण पालिकाको स्थायी केन्द्रका लागि मानेडाँडा जफे, छौंडे, गोल्माकोथान र मानेडाँडा मालु गैरागाउँमा राख्ने गरी चार स्थानको प्रस्ताव आएको थियो । सो प्रस्ताव पालिकाको सभामा एक पटक लगिए पनि कुनै स्थानका लागि पनि बहुमत प्राप्त हुन नसकेपछि तामाकोशी गाउँपालिकाले पनि केन्द्र टुंगो लगाउन सकेकोे थिएन । हाल तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ जफेको जामुनेबाट सेवा प्रवाह भैरहेको छ ।
अघिल्लो पटक निर्वाचित जनप्रतिनिधि पालिकाको केन्द्र नतोकि विदाई भएको अवस्थामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिकाले बैठकले नै पालिकाको स्थायी केन्द्र निर्माणका लागि पहल थाल्ने निर्णय गरेको हो ।





