एमएनओ-डिजिजीको बिचार सहि छ मेहनत गर्नुस् जातीय समस्या समाधान गर्न सक्नुहुन्छ ।” डा. केशवमान शाख्य

246Shares

वि.सं. २०४७ सालको कुरा कोट्याउदै शाक्यले भन्नुभयो “२०४७ सालमा धर्मनिरेपक्ष एउटा सानो समूहले उठाएको मुद्दा हो । उक्त समयमा बाहुनहरुले जालझेल गरेर हिन्दु अधिराज्य बनाए । तर २०६३ मा आइपुग्दा त्यहीँ मुद्दा  पेचिलो बन्यो ।” त्यस्तै जनजातिको मुद्दा माओवादीले उठाएको सत्य हो तर त्यो स्वार्थमा निर्भर थियो । जनजातिलाई प्रचण्डले प्रयोग गरेको उहाँको कथन थियो ।

डा. केशवमान शाक्यले मंगोल नेशनल अर्गनाइजेसन- डा. गोपाल गुरुङ (MNO-DGG)ले नेपाल देखिएको हिन्दु बाहुनबादद्धारा निर्माण गरिएको जातीय समस्या समाधान गर्न सक्ने बताउनु भएको छ । उक्त कुरा डा. शाक्यले संगठनको पाँचौ महाधिवेशनको २०७९ बैशाख १५ गतेको उद्घाटन समारोहमा बताउनु भएको हो ।

बिचार सही छ भने त्यसले मुक्ति पाउदोरहेछ । असम्भव केहि हुँदैन रहेछ । ” एमएनओ-डिजिजीको बिचार सहि छ मेहनत गर्नुस् जातीय समस्या समाधान गर्न सक्नुहुन्छ ।” डा. शाक्यले बताउनु भयो ।

डा. गोपाल गुरुङले रोपेको बिउ बिस्तारै फुल्दै छ । मंगोल र मुलवासी शब्दमा धेरै खोज, अनुसन्धान र अध्ययन गर्नु पर्ने पनि डा. शाक्यले संगठनका नेताकार्यकर्तालाई सुझाव दिनु भयो ।

जनजाति महासंघमा आफैं सचिव भएर काम गरेको तर चाहेको जस्तो उपलब्धि गर्नु नसकिएको स्विकार्दै उहाँले भन्नुभयो ”जनजाति शब्द आज कम्जोर भएको छ । मंगोल शब्दसँग बाहुनहरु डराएका छन् । त्यसकारण शक्तिलाई सहि तरिकाबाट प्रयोग गर्नुपर्छ ।”

जनयुद्धमा माओवाद, लेलिनवाद र मार्सवाद सिद्धान्तले नभएको तर जनजातिको सहभागीले जनयुद्ध सफल भएको बताउदै डा. शाक्यले मुलवासी शब्दले नयाँ आन्दोलनको रुप लिनेे बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *