नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सुनिदेउ यो आवाज हे सरकार ।

सिन्धुपाल्चोक
“सुनिदेउ यो आवाज”
हे …………………….सरकार
सुनिदेउ न एकपटक जनताको चित्कार
महँगीले आकाश छोयो
जनतालाई भोको पेटले बेर्यो
नुन कर त बढ्यो बढ्यो
टुकीमा बत्ती झुल्काउनुछ
मट्टीतेलको भाउ दोब्बरिएछ
न बाल्नु न निभाउनु
यो मन अझै दोधारमा छ
बुझिदेउन सरकार
जनता मारमा छ
तेलमा चिप्लिनु कि चिप्लाउनु
यो कस्तो मजाक छ
महँगीमा तिम्रो नाम हेर तइ
कतिको पो दोब्बर छ
कुदाउने कि उडाउने
पेट्रोलले नापतौल बिर्सेछ
विनिमयमा तिम्रो नाम अझै
तेब्बरको उपनाम छ
बुझिदेउन सरकार
जनता भारमा छ
गुजारा चलाउछु ज्यामी गरेर
खाना पकाउछु ग्यास भरेर
प्रतिस्पर्धामा जुटेछौ
महँगीमा चौगुणा तेब्बर छ
पीडित आवाज दिनदिनै
ठेलैठेला उठेका हत्केला जोड्छ
बढ्दो महँगीबाट पार
लगाई देउ भनी
जस्ताको तस्तै यो आवाज
बुझिदेउन सरकार
जनताबाट साभार छ
कर्मचारीको तलब बढ्यो
ज्यामी र कृषकको खोई भन्छ
वृद्धिदर एउटै प्रतिशतमा
न्युन तह र उच्च तहबीच कसरी
तालमेल भयो भन्छ
सर्वहाराको समस्या नबुझेको
जस्तै अझै मौन छ भन्छ
भनिदेउन क्या! अब त
बुझिदेउन सरकार
तिमीलाई त गवार भन्छ
२०७९/०२/१६
हिरा थामी( कोहिनुर)
सिन्धुपाल्चोक





