नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया
काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले फागुन १६ गते सोमबार एक ८० वर्षीया महिलाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको र शुक्रबार डिस्चार्ज गरी घर पठाउन सफल भएको बताए ।
डा अधिकारीका अनुसार यस उपचार पद्दतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ ।
यसरी प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने र बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकोले जटिलताहरु न्यून हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ । यो पद्दतिबाट शल्यक्रियाको तुलनामा उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनहरुले देखाएका छन्।
साथै यस पद्दति विशेषगरी वृद्धवृद्धाका लागि मात्रै उपयोगी हुने डा अधिकारीले बताएका छन् । विशेषगरी वृद्धवृद्धामा विभिन्न प्रकारका जटिल रोग र शारीरिक दुर्वलतासमेत हुने भएकोले चिरेर शल्यक्रिया गर्दा बढी जोखिम हुने चिकित्सकहरू बताउँछन् ।शरीरका अंग चिर्दा जोखिम भएकाले वृद्ध-वृद्धामा यो पद्दति उपयोगी हुने बताइन्छ ।





