निर्वाचन नेता कमजोर र मतदाता बलियो हुने बेला हो : गगन थापा

0Shares

रामेछाप — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदाताहरूलाई आफ्नो शक्तिको प्रयोग गर्न आग्रह गरेका छन् । निर्वाचनमा आफ्नो शक्तिको सदुपयोग गर्नसक्ने बलिया मतदाताले बलियो नेता बनाउन सक्नुपर्ने उनले बताए ।

नेता थापाले निर्वाचनका बेला नेता कमजोर र मतदाता बलियो हुने भएकाले बलियो भएका बेला शक्तिको प्रयोग गर्न मतदातालाई आग्रह गरेका थिए।

रामेछापको मन्थली नगरपालिका १२ मा शनिबार आयोजित कार्यक्रममा महामन्त्री थापाले विगतको निर्वाचनमा मत दिएर शक्तिमा पुगेकाले पूरै अवधिसम्म शासन सत्ता चलाउन नसकेर बीचमै अलपत्र पारेको दृष्टान्त दिँदै कमजोरलाई जिताउँदाको परिणाम आज मुलुकले भोग्नु परेको उनले बताए ।

थापाले भने ‘निर्वाचन त्यही बेला हो जुन बेलामा हामीले सही नेतृत्वलाई चुन्न सक्नुपर्छ । निर्वाचनपछि पछुताएर केही पाइनेवाला छैन । तपाईँ यहाँबाट कांग्रेस जिताएर पठाउनुस् म माथिबाट तपाइँका समस्याको समाधान दिएर पठाउँछु ।’

नेपाली कांग्रेसका जिल्ला सभापति पूर्णबहादुर तामाङ, पूर्वजिल्ला सभापति रामचन्द्र खड्का, लवश्री न्यौपाने, जिल्ला सचिव विनोद कार्की लगायतका नेताले कार्यक्रममा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *