विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
Thursday, August 27, 2026
बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचियो : स्वर्णिम वाग्ले
बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचियो : स्वर्णिम वाग्ले
थाङमिचागु डटकम संवाददाता

२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् ।
‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनु यो एकदमै नेपाली जनताले चासोको रुपमा हेरेका छन्’ आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरुले पनि बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने खेल सुरु भएको धारण राखेका थिए ।





