थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 14, 2026
सहकारी छानबिन समितिले गर्यो गभर्नरसँग छलफल
सहकारी छानबिन समितिले गर्यो गभर्नरसँग छलफल
थाङमिचागु डटकम संवाददाता

छानबिन समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारी
२४ असार, काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले सोमबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गरेको छ ।
सिंहदरबारमा बसेको बैठकमा सहकारीको समस्या र समाधानका सम्बन्धमा गभर्नर अधिकारीका साथै नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीहरूसँग पनि छलफल गरेको छ ।
समितिले यस अघिको बैठकमा गृह सचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।
नेकपा एमालेका सांसद सूर्य थापा सभापति रहेको संसदीय समितिले राजनीतिक दलबाट पनि सहकारीका समस्या समाधानका लागि सुझाव लिन पत्राचार गरेको छ ।




