थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
उर्लाबारीमा २० करोड लगानीमा बसपार्क बन्ने
उर्लाबारीमा २० करोड लगानीमा बसपार्क बन्ने
थाङमिचागु डटकम संवाददाता

२३ असार, काठमाडौं । मोरङ उर्लाबारीमा २० करोड रुपैयाँ बराबर लगानीमा बसपार्क निर्माण हुने भएको छ । नगरपालिकाले नगर विकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण गर्न लागेको हो ।
कुल २० करोड ३ लाख ४७ हजार लागतमा निर्माण हुन लागेको बसपार्कका लागि आज नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेलबीच ऋण सम्झौता भएको हो ।
सापकोटाका अनुसार कुल लागतको ६० प्रतिशतले हुन आउने १२ करोड २ लाख ऋण र १० प्रतिशतले हुन आउने २ करोड ३४ हजार अनुदान सम्झौता भएको हो । कुल लागतको ३० प्रतिशत अर्थात् ६ करोड १ लाख रुपैयाँ भने नगरपालिकाले बेहोर्ने सम्झौतामा उल्लेख छ ।
उर्लाबारी नगरपालिका–६ मा नगरपालिकाको करिब १ बिघा १३ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण हुने यो आयोजनालाई पूर्वपश्चिम राजमार्गमा आवत जावत गरिने सवारीसाधन व्यवस्थापन तथा नगरको शौन्दर्यीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको मेयर खरेलले बताए ।




