यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Sunday, April 26, 2026
काभ्रेमा खोलाले बगाएर २ जनाको मृत्यु
काभ्रेमा खोलाले बगाएर २ जनाको मृत्यु
थाङमिचागु डटकम संवाददाता

२२ असार, काठमाडौं । काभ्रेको रोशी गाउॅपालिका- ११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोशी- ११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन् । उनीहरु फुपू भदैनी हुन् । खोला तर्ने क्रममा बगेका उनीहरुको शव ९०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
सोही खोलाको लेदोसहितको बाढीले बीपी राजमार्गमा राखिएको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार रोशी गाउँपालिकाको सहयोगमा सड़क खुलाउने प्रयास भइरहेको छ ।





