थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 14, 2026
पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध
पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध
थाङमिचागु डटकम संवाददाता

अविरल वर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।
शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए।
त्यस्तै गोलन्जोर गाउँपालिका-६ अक्करेभीरमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।
डिएसपी खड्काका अनुसार पहिरोका कारण सवारी साधन दुइतर्फी नै बन्द भएका छन्।
पहिरोमा फसेका सवारी साधनहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको र स्थानीय तहहरूसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए।




