राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
खोकनामा खेत रोप्दै राजेश हमाल
खोकनामा खेत रोप्दै राजेश हमाल
थाङमिचागु डटकम संवाददाता

१५ असार, काठमाडौं । धान दिवसको अवसरमा शनिबार अभिनेता राजेश हमालसहितको टोलीले ललितपुरको खोकनामा रोपाईं उत्सव मनाएको छ ।
क्रान्तिकारी कृषि युद्ध (Raw) नामक कृषि रियालिटी सोले आयोजना गरेको उक्त उत्सवमा हमालसहितको टोलीले हिलोमा डोरी तान्ने प्रतिस्पर्धा पनि गरेको छ । त्यस क्रममा अभिनेता हमालले किसानहरुसँगै खेत पनि रोपे ।
धान दिवसकै अवसर पारेर उक्त रियालिटी सो का लागि आवेदन पनि आह्वान गरिएको छ । रियालिटी सो का लागि व्यवसायिक किसान र बीएससी एजी वा सो सरह अध्ययन गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।
कार्यक्रममा विभिन्न १६ वटा विषयगत एपिसोडहरु हुने र सहभागीको प्रस्तुतिलाई निर्णायकहरुको प्यानलले मूल्यांकन गर्ने क्रान्तिकारी कृषि युद्धका सागर भट्टराईले जानकारी दिएका छन् । निर्णायकहरुको प्यानमा कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषयविज्ञ रहनेछन् ।
कार्यक्रमको विजेता कृषक तथा प्राविधिकले कम्तीमा १० लाख नगद र अन्य सामग्री पाउनेछन् ।




