मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
बाँकेमा बुद्धको मूर्ती चोरी गर्ने तीन जना पक्राउ
बाँकेमा बुद्धको मूर्ती चोरी गर्ने तीन जना पक्राउ परेक छन्।
थाङमिचागु डटकम संवाददाता

पक्राउ पर्नेमा रुपन्देहीको तिलोतमा नगरपालिका – ११ का ५० वर्षीय खिमबहादुर कवर, सोही ठाउँकै ५० वर्षीय रामु न्यौपाने र दाङको घोराही उपमहानगरपालिका – १५ का निमबहादुर कवर पक्राउ परेका छन् ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उनीहरुलाई राप्तीसोनारी गाउँपालिका– ८ ढकेरी शम्शेरगञ्जबाट बुधबार दिउँसो पक्राउ गरिएको हो।
पूर्व-पश्चिम राजमार्गमा यात्रा गरिरहेका उनीहरूलाई चेकजाँचका क्रममा मूर्तीसहित पक्राउ गिएको डिएसपी डाँगीले जानकारी दिए। रुपन्देहीका खिमबहादुरले बोकेको झोला चेकजाँचका क्रममा बुद्धको मूर्ती फेला परेको थियो।
ॐ नमः शिवाया लेखिएको मूर्ती पँहेलो धातुको रहेको छ। जस्को पिधको गोलाइ १ फिट ६ इञ्च, पिधदेखि शिरसम्मको उचाइ ९ इञ्च, तौर ८ किलो ६८० ग्राम रहेको छ । मूर्ती पँहेलो धातु बाट निर्मित भएपनि अधिकांश भागमा कालो रङको पालिस लगाइएको अवस्थामा फेला परेको छ ।
यो मूर्ती प्राचिन र बहुमूल्य हुन सक्ने आशंका प्रहरीको छ । त्यसको अध्ययन तथा परीक्षणका लागि पुरातत्व विभागमा पठाउने तयारी प्रहरीको छ । मूर्ती कहाँ बाट र कसरी ल्याइएको हो भन्ने बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।





