सुत्केरीलाई १५ सयको भाले, मृतकका परिवारलाई घिउ

0Shares

सुत्केरीलाई १५ सयको भाले, मृतकका परिवारलाई घिउ

थाङमिचागु डटकम संवाददाता

तुलसीपुर उपमहानगरपालिकाको – ११ नम्बर वडा कार्यालले सुत्केरीलाई भाले र वडावासीको मृत्यु भए मृतकका परिवारलाई घिउ दिने नीति अख्तियार गरेको छ।

वडाध्यक्ष मानबहादुर रावतले वडाका सुत्केरी महिला हरेकलाई एक हजार ५ सय बराबरको भाले उपहार दिने नीति लिइएको बताए।

तर, २० वर्ष भन्दा कम उमेरका आमाहरु सुत्केरी भएको पाइएमा भने त्यो उपहार प्रदान गर्न नसकिने उनले बताए ।

त्यस्तै मानिसको मृत्युपछि मृत्यु संस्कार अवधिभर वडा कार्यालयले एक किलो घिउ घर परिवारलाई उपलब्ध गराउने भएको छ।

जनप्रतिनिधि आफै घरमा पुगेर ती सामाग्री उपलब्ध गराउने वडाध्यक्ष रावतले जानकारी दिए।

त्यस्तै सर्प दंशका बिरामीको उपचारका लागि एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउने वडा कार्यालयले निर्णय  गरेको छ।

‘सर्पदंशका बिरामीलाई उपचारका लागि अस्पताल पुर्‍याउन एम्बुलेन्समा लागेको खर्च अबदेखि वडा कार्यालयले ब्यहोर्ने छ,’ वडाध्यक्ष रावतले भने, ‘पैसा अभावमा कतिपय गाउँघरका मानिसले अस्पतालमा समयमै उपचार गर्न नलगी झार फुक गराउन लाग्दा अकालमा ज्यान गुमाउने पर्ने दुःखद क्षणहरु नदोहोरिउन भन्ने हाम्रो उदेश्य हो।’

वुधबार आफ्नो नीति तथा कार्यक्रम पारित गर्दै तुलसीपुर ११ को वडा कार्यालयले नजिकको सरकार हुनुको नाताले जनताको सुख दुःखमा उपस्थिती जनाउन सुत्केरीलाई भाले, मृत्यु संस्कार पछि घिउ दिने नीति अख्तियार गरेको वडाध्यक्ष रावतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *