थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
मलेसियामा बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न गरिने ।।
मलेसियामा बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न गरिने ।।
थाङ्मीचागु डटकम सम्बादाता
मलेसियामा रहेका नेपाली संघ संस्थाहरुको सहकार्य तथा नेपाल राजदुतावासको संरक्षकत्वमा बुद्ध जयन्ती भव्यरुपमा सम्पन्न गरिने भएको छ ।

सदाका बर्ष झैं यस बर्ष पनि बुद्ध जयन्ती भब्य रुपमा मनाउन यहि शनिबार मलेसियामा रहेका बिभिन्न संघ संस्थाहरुको भेलाले २५६८ औं बुद्ध जयन्ती आयोजक समितिलाई पूर्णता दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राईको संयोजकत्वमा ब्यवस्थापन समिति, नेत्र केसीको संयोजकत्वमा अर्थ समिति यस अघि नै बनाइएको थियो भने शनिबारको भेलाले थप समितिहरु निर्माण गर्दै आयोजक समितिलाई पूर्णता दिएको थियो ।
अन्य समितिहरुमा कार्यक्रम संयोजन समितिमा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, पूजा ब्यवस्थापन समितिमा नेपाल तामाङ घेदुङ र शेर्पा संघ मलेसिया, कलाकार ब्यवस्थापनमा बीरबहादुर सारु मगर तथा प्रचार प्रसारमा सन्तोष थाङमी, आरएन चौधरी थारु, इश्वर राई, कृष्ण गुप्ता, अर्पण मगर, सबिन लोप्चन तामाङ्ग लगायतका रहेका छन् ।
कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न आवश्यक तयारीको लागि तत्कालै लागि हाल्नुपर्ने अवस्था रहेकोले लोरी ब्यवस्थापन, कार्यक्रम हल व्यवस्थापन, टीसर्ट छपाई, खानाको तयारी लगायतका कामको लागि आयोजक समितिले काम सुरु गरिसकेको ब्यवस्थापन समितिका संयोजक बिपीन राईले जानकारी दिनुभयो ।
मलेसियामा बुद्ध जयन्ती यहि मे २२ तारिख २०२४का दिन हुन गईरहेको छ ।




