यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
लहानमा सेनेटरी प्याडसम्बन्धि तालिमको विधिवत उद्दघाटन ।।।
लहानमा सेनेटरी प्याडसम्बन्धि तालिमको विधिवत उद्दघाटन ।।।
थाङ्मिचागु डट कम संवाददाता
विनोद मण्डल, चैत्र १४ । सिरहाको लहानमा शिपमुलक सेनेटरी प्याड बनाउने तालिमको शुरुवात भएको छ ।

लहान नगरपालिका अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित १० दिने तालिमको लहान स्थित श्रीराम गेस्ट हाउसमा एक औपचारिक कार्यक्रमको बीच नगर उपप्रमुख राम चलितर महतोले उद्दघाटन गरेका हुन ।
पूर्व निर्धारित कार्यक्रम अनुसार चैत्र १३ गतेदेखि सञ्चालन गरिएको तालिममा लहान नगरपालिका अन्तर्गत विभिन्न वडाका करिब ४ दर्जन बढी महिला दिदिबहिनीहरुको सहभागिता रहेको आयोजकका तर्फबाट शर्मिला पोखरेलले जानकारी दिनुभएको छ ।
लहान नगरपालिकाले समाजमा स्वास्थ्य शिक्षा बढाउने, स्वस्थ्य साक्षरता बढाउने कार्य गर्नुका साथै महिनावारीको समयमा प्याड प्रयोग गर्ने चेतनाको विकास गर्नुपर्छ र महिलाको महिनावारी समयलाई सुरक्षित राख्न सेनिटरी प्याड निःशुल्क र सर्वसुलभ गराउन जरुरी रहेको भन्दै शिपमुलक तालिमको आयोजना गरिएको बुझिएको छ ।
सेनिटरी प्याड महिनावारी भएको समयमा प्रजनन अङ्गबाट बग्ने रगतलाई बाहिर नखसोस भनी प्रजनन अङ्गको मुखमा राख्ने एक कपडा वा पेपरबाट बनेको टुक्रा हो ।
सामान्यतया एक स्वस्थ महिलाको एकपटकको महिनावारीमा कम्तीमा ४०-६० मिलि रगत बग्दछ ।
सामान्यतया सेनिटरी प्याड दुई प्रकारले विभाजन गर्न सकिन्छ । परम्परागत रूपमा घरमा निर्माण गर्न सकिने र आधुनिक सेनिटरी प्याड ।
परम्परागत वा घरमा निर्माण गर्न सकिने प्याड भने महिनावारिको समयमा घरमा उपलब्ध कपडाका टुक्राहरू र थाङ्नाहरू प्रयोग गरेर निर्माण गरिने हुन्छन् ।
आधुनिक प्याडमा सामान्य प्याड र सेनिटरी प्याड गरी दुई प्रकारका हुन्छन् । साधारण प्याड वैज्ञानिक विधिबाट तयार भए पनि संक्रामक वस्तुरहित नहुन सक्छ तर सेनिटरी प्याड भने सफा र सुरक्षित हुन्छन् ।
एक स्वस्थ महिलाले महिनावारीको समयमा दैनिक ४ वटासम्म प्याड प्रयोग गर्छिन् ।
तालिममा घरमा भएको कपडाहरुबाट कसरी सजिलै प्याड बनाउन सकिन्छ भन्ने कुराको जानकारी मुलक सामग्रीहरू सहित कार्यक्रम अगाडि बढाइएको छ । यस तालिमले स्वरोजगारको वातावरणको सृजना भएको सहभागीहरुले बताएका छन् ।





