थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
बागमती प्रदेशका पर्यटनमन्त्री बज्राचार्यले लिए शपथ ।।।
बागमती प्रदेशका पर्यटनमन्त्री बज्राचार्यले लिए शपथ
थाङ्मी चागु डट कम सम्बादाता
२०८० चैत १६ गते १८:३०
१६ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकार विस्तार गरेका छन् । बिहीबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका हुन् ।

बज्राचार्यले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट नेपाल भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
हाम्रो नेपाली पार्टीले जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन ९ चैतमा फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको हप्ता दिन नपुग्दै बज्राचार्य साेही सरकारकाे मन्त्री बनेका छन् । हाम्रो नेपाली पार्टीले यसअघि ४ चैतमा विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीमा दाबी रहेको जनाएको थियो ।
बज्राचार्यलाई २९ फागुनमै मन्त्री नियुक्त गर्ने तयारी गरिएको थियो । तर उनी काठमाडौैंबाट हेटौंडा नआएपछि मुख्यमन्त्री जम्कट्टेलको प्रयास विफल भएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने दबाबका बीच जम्कट्टेलले सरकार विस्तारलाई अगाडि बढाएका हुन् । उनले २२ चैतभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ ।
बागमतीमा सत्ता गठबन्धनलाई सरकार बनाउन हाम्रो नेपाली पार्टीको समर्थन निर्णायक बनेको छ । सरकार बनाउन ५६ मत चाहिनेमा गठबन्धनका दल एमालेको २७, माओवादीको २१ र नेकपा एकीकृत समाजवादीको ७ सहित ५५ सिट मात्रै थियो । यसमा हाम्रो नेपाली पार्टीको २ मत थपिएको छ ।
प्रदेशसभामा नेपाली कांग्रेसको ३७, राप्रपाको १३ र नेमकिपाको ३ सिट छ ।
सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन २३ फागुनमा फिर्ता लिएको थियो । बज्राचार्यले जिम्मेवारी पाएको पर्यटन मन्त्रालयमा यसअघि कांग्रेसका पुरार महर्जन मन्त्री थिए ।




