थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
वडा अध्यक्ष तामाङको आवास निर्माण कार्य सम्पन्न , सामूहिक उद्दघाटन ।।।
वडा अध्यक्ष तामाङको आवास निर्माण कार्य सम्पन्न , सामूहिक उद्दघाटन ।।।
थाङ्मीचागु डटकम सम्बादाता

“धनगढीमाई नगरपालिका वडा नं.१३, भोर्लेनी महेन्द्र नारायण निधि मधेश प्रदेशबाट १ घर र तराई मधेश समृद्धि कार्यक्रम द्बारा ४ घर आवास भवन निर्मित दलित मुसहर वस्ती आवासको नगर प्रमुख श्री शिव शंकर महतोज्यू, नगर उपप्रमुख श्री संगिता कुमारी चौधरीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राज कुमार दासज्यू र वडाध्यक्ष श्री सूर्यमान तामाङ्गज्यूबाट संयुक्त समुद्घाटन कार्यक्रम सम्पन्न ‘
विनोद मण्डल,चैत्र ६ ।
सिरहाको धनगढीमाई १३ स्थित मुसहर बस्तीमा वाडा अध्यक्ष सूर्यमान तामाङले आवास निर्माण कार्य सम्पन्न गर्दै एक औपचारिक कार्यक्रमको बीच घर हस्तान्तरण गरिएको छ ।
मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालय पूर्वाधार विकास कार्यालय सिराहा मातहत महेन्द्र नारायण निधि विपन्न आवास योजना अन्तर्गत सदाय बस्तीमा निर्माण सम्पन्न भएको ४ घर बस्तिका विपन्नलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।
वाडा अध्यक्ष सूर्यमान तामाङको अध्यक्षतामा मुसहर बस्तीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेयर शिवशंकर महतो, विशिष्ट अथिती संगिता कुमारी चौधरी विशिष्ट अथिती नगरका प्रशासकिय अधिकृत अतिथिहरु शोभा बराल ,महेश श्रेष्ठ, कुमार लम्साल , बबिन डोटेल , पत्रकार मनि लाल विश्वकर्मा , प्रदीप यादव , जयराम यादव, वाडा सदस्यहरू ,स्थानिय समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थितिमा घर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लगाएत सबैलाई फूल माला र टिका लगाएर स्वागत मन्तब्यद्वारा स्वागत जय राम यादवले गरेका थिए ।
छोटो समयमा सम्पन्न भएको कार्यक्रममा वक्ताहरुले थप घरको निर्माणको प्रक्रिया अगाडि बढिरहेको बताएका छन् ।
मेयर शिवशंकर महतोले बस्तीको एक घरमा राखिएको शिलालेखमा छोपेर राखिएको रातो व्यानर खोलेर बस्तीमा निर्माण गरिएको नवनिर्मित घरको उद्दघाटन गर्दै स्थानियलाई घरको साँचो मेयर शिवशंकर महतो ,उपमेयर संगिता कुमारी चौधरी, वाडा अध्यक्ष सूर्यमान तामाङले सामूहिक रूपमा हस्तान्तरण गर्नु भएको थियो ।
बस्तीमा निर्माण गरिएको प्रत्येक घरमा दुई कोठा र एक भान्सा कोठा रहेको छ ।
बस्तिका अति विपन्नहरु जय लाल सदाय,हरीचन सदाय, समतोलीया सदाय र इन्दु कुमारी सदायलाई घर हस्तान्तरण गरिएको छ ।
मुसहर बस्तीमा भौतिक संरचना निर्माणको लागि विगतमा सामुदायिक भवन शौचालय लगायतको संरचनाहरु निर्माण सम्पन्न गराएर अशल वाडा अध्यक्षको भूमिकामा रहेका वाडा अध्यक्ष सूर्यमान तामाङले निरन्तर विकासमा फडको मारिरहेको अवस्था रहेको देखिन्छ ।




