मीटर ब्याज पीडितद्वारा पत्रकार सम्मेलन ।।।

0Shares

मीटर ब्याज पीडितद्वारा पत्रकार सम्मेलन ।।।

थाङ्मीचागु डटकम सम्बादाता

विनोद मण्डल,फाल्गुन २० । सिरहाको लहानमा मीटर ब्याज पीडित संघर्ष समितिद्वारा पत्रकार सम्मेलन गरिएको छ ।

लाहान नगरपालिकाको वाडा नम्बर ७ मा बेलुका करिब ५ बजेको समयमा आयोजित पत्रकार सम्मेलनमा सिराहा जिल्लामा मीटर ब्याजीहरुले दिएको पीडाको बारेमा जानकारी गराईएको थियो ।

मीटर ब्याज विरुद्धको संघर्ष समिति जिल्ला कार्यसमिति सिरहाद्धारा आयोजित पत्रकार सम्मेलनमा विगतमा मीटर व्याजीहरुले हडपेको पीडितको जग्गा जमीन संघर्ष समितिले फिर्ता गराएपछि साहुले संघर्ष समितिका पधाधिकारीहरुमाथि मुद्दा हालेर दम्ब देखाउँदै आएको भन्दै मुद्दा फिर्ता नलिए थप आन्दोलनमा उत्रिने सम्मेलन मार्फत जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका मनोज पासवान, मनोज कुमार पासवान , रेखा शाह ,राम कुमारी शाह , शिला मण्डल , रौदी यादव ,श्याम चौधरी लगायतको सहभागितामा आयोजित पत्रकार सम्मेलनमा मीटर ब्याजको कारणले केयौ घरपरिवार विहिन भएकोले साहु महाजनले नैतिकताका आधारमा अरूको जग्गा जमीन फिर्ता गर्नुपर्ने आशय व्यक्त गर्दै सम्मेलन सकिएको थियो ।

लहान नगरपालिकाको वाडा नम्बर ७ स्थित श्याम विश्वकर्माको घरमा आयोजित पत्रकार सम्मेलनमा सिरहाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्मेलनका क्रममा पुर्व वडा सदस्य रामबाबु महतोलाई मिटर ब्याजीको संज्ञा दिईएको थियो ।

समयमा नसच्चिए मीटर ब्याज विरुद्धको चर्को आन्दोलन सँगै जन कारवाहीको अवस्था आउन सक्ने संघर्ष समितिले बताएका छन ।

वास्तवमा सिरहामा मीटरब्याजको कारणले अन्यायमा परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले न्याय प्रदान गर्नका लागि तत्पर रहनु पर्ने देखिन्छ ।

थोरै पैशा ऋणीलाई दिएर चर्को ब्याज असुल्न पल्केका साहुहरुको वास्तविक पहिचान गरेर पीडितलाई उद्दारको निम्ति सबैबाट सकारात्मक सहयोगको आवश्यकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *