तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
सभापति यादवको सक्रियता टोल बस्तीहरूमा अभियान जारी ।।।
सभापति यादवको सक्रियता टोल बस्तीहरूमा अभियान जारी ।।।
थाङ्मीचागु डटक सम्बादाता
विनोद मण्डल २०८० माघ २१ आइतबार २:३०
सिराहा । नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव यतिबेला समुदाय केन्द्रित अभियानमा सक्रिय रहनु भएको छ ।

केन्द्रिय समितिको “समुदायमा कांग्रेस अभियान “अन्तर्गत जिल्लाका विभिन्न टोल बस्तीमा यतिबेला सभापति रामचन्द्र यादव सक्रिय भएर आम जनताको गुनासो सुन्दै भावी विकाश रणनीतिका बारेमा आफ्ना विचारहरू समेत राख्दै आउनु भएको हो ।
अभियान अन्तर्गत उनीसँग केन्द्रिय नेतृत्व लगाएत प्रदेश ,जिल्ला ,स्थानिय तहसम्मका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहँदै आएको छ ।
पार्टीको अभियान अन्तर्गत सिरहाको धनगढीमाई ६ र ११ का आम जनताको घर आगनमा पुगेर गुनासो सुन्नु भएको छ ।





