मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
जाडो छल्न गुप्ताले गरे ब्ल्यांकेट वितरण ।।।
जाडो छल्न गुप्ताले गरे ब्ल्यांकेट वितरण ।।।
थाङ्मिचागु डट कम संवाददाता
२०८० माघ १
तराई मधेसमा यतिबेला कठ्याङ्ग्रिदो चिसोका कारण आम जन जीवन कष्टकर बन्दै आएको अवस्थामा ठाउँ ठाउँमा जाडो छल्नका लागि विभिन्न सामग्री वितरणको अवस्था रहेको देखिन्छ ।
सिरहाको लहान वाडा नम्बर २३ मा एक जना सामाजिक व्यक्तित्वले आफ्नै लगानीमा न्यानो कपडा अन्तर्गत कम्बल वितरण गरेको छ ।
लाहान २३ निवासी करिब ८२ वर्षीय विश्व नाथ प्रसाद गुप्ताले गाढा, बथनहा, ।।तिलैबोना, मलैटाेली, करैया, चमटाेली लगाएतका बिधुवा महिला तथा अपाङलाई गुप्ताले आफ्ना सामाजिक सुरुक्षा भत्ता (बुद्ध भता ) र निजी रकम थपेर ब्ल्यांकेट वितरण गरेको छ ।
गुप्ताले करिब ६ बर्ष देखि निरन्तर प्रत्येक वर्ष बाड्दै आएको न्यानो कपडा अन्तर्गत करिब एक लाख सत्र हजार मुल्य बराबरको कम्बल अहिलेसम्म वितरण गरिएको उनले बताए ।
उनले चिसो खप्नका लागि २५० जनालाई कम्बल र खाजा वितरण गरेको स्थानिय सन्तोस गुप्ताले जानकारी गराएको छ ।
बिनोद मण्डल।
समाचार पढिसकेपछि तपाईँलाई कस्तो लाग्छ प्रतिक्रिया कमेन्ट बक्समा छाडिदिनु होला।




