मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
विगु गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी शान्ती आदर्श मावी लादुकले हात पार्न सफल भएको छ।।।
विगु गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी शान्ती आदर्श मावी लादुकले हाता परेको छ ।।।
थाङ्मीचागु डटकम संवाददाता
सोमबार २ पुस २०८०
दोलखा । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ विगु गाउँपालिकामा सञ्चालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शान्ती आदर्श मावी लादुकले जितेको छ ।
प्रतियोगितामा शान्ती आदर्श मावी लादुक पहिलो, गौरीशंकर मावी जगत दोस्रो र हिमालयन मावी खोपाचागु तेस्रो हुन सफल भएका छन् । पहिलो हुने आदर्श मावीले १८ स्वर्ण, २ रजत र ३ कास्य गरी कुल २३ पदक प्राप्त गर्यो । त्यस्तै, दोस्रो हुने गौरीशंकर मावी जगतले ६ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गर्यो भने तेस्रो हुने हिमालयन मावी खोपाचागुले २ स्वर्ण, ४ रजत र २ कास्य पदक प्राप्त गर्यो ।
गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा ३० वटा खेल खेलाइएको थियो ।
प्रतियोगिता शुक्रबार देखि सोमबार सम्म सञ्चालन भएको थियो ।
विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलीको अध्यक्षतामा भएको प्रतियोगितामा विजेता विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।





