नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
2026-10-06दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
2026-10-04
सलाम मन्त्री सुदन किराती नेपाल एयरलाइन्सको एक वर्षको आम्दानी २२ अर्ब २४ करोड ।।।
सलाम मन्त्री सुदन किराती नेपाल एयरलाइन्सको एक वर्षको आम्दानी २२ अर्ब २४ करोड
थाङ्मीचागु डट कम संवाददाता
सन्तोष ठान्टी थाङ्मी
२०८० पुष ३ गते १७:४७
३ पुस, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।
मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो ।
कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ ।
कोभिड–१९ को उच्च चपेटामा परी पर्यटक आगमन प्रभावित भएको समय आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको नेवानिले आव २०७८/७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा चार जहाज छन् । आन्तरिकमा २ वटा जहाज मात्र उड्न योग्य अवस्थामा छन् ।
यसबाहेक तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ समेत निगमको अर्को मुख्य आम्दानीको स्रोत हो ।
नेपाल एयरलाइन्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





