मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
कालिन्चोक हाइड्रोपावर कम्पनीको दादागिरीले, स्थानीय युवा व्यवसायी मारमा क्षतिपूर्ति सहित माग । ।
कालिन्चोक हाइड्रोपावर कम्पनीको दादागिरीले, स्थानीय युवा व्यवसायी मारमा क्षतिपूर्ति सहित माग । ।
थाङ्मीचागु डटकम
दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुमा निर्माण कार्य संचालन हुँदै गरेको कालिन्चोक हाइड्रोपावर लिमिटेडले । आफ्नो योजना सुरु गर्नु पुर्व स्थानिय टोल विकास समितीहरु, प्रभावित क्षेत्रका बासिन्दाहरु संग बिकास योजना तथा छेती ग्रस्त छेत्र जग्गाको मुब्जा दिने सम्झौता गरेपनी तर हाइड्रोपावर कम्पनीले आज सम्म कुनै माग सम्झौता पूरा गरेको छैन कालिन्चोक २ को स्थानीयको गुनासो रहेको छ ।
कालिन्चोक गाउँ पालिका वडा नम्बर २ का स्थानीय युवा अबिरल थाङ्मीको ठूलो असन्तुष्टि साथै केही मागहरु पनि राख्नु भएको छन्।
अबिरल थाङ्मी नेपालको बढ्दो बेरोजगारी र बिदेश पलायन सगै विगत केही बर्षा इराकको खाडीमा प्रबासी जिबन संग आफ्नो रगत पसिना सग साटेको कमाईले अब आफ्नो देश गएर केही गर्छु भन्ने सङ्कल्प सहित नेपाल फर्केको थियो ।
कालिन्चोक २ र बिगु ८ को सेन्टर भ्याकुरेटारमा १६ लाख जतिको लगानीमा कोल्टी कुखुरा फाम खोलेर आफ्नो व्यवसायी ।
अगाडि बढाइएको थियो र व्यवसायी पनि राम्रै चलेको थियो।
तर हाइड्रोपावर कम्पनीले कुनै छलफल र परामर्श नगरि स्थानीय युवा व्यवसायी अबिरल थाङ्मीको कुनै स्वीकृति नलिइ दादागिरी शैलीमा बस्ती नै जोखिम हुने गरि ।
हाइड्रोपावरको लाइन खन्ने क्रममा माथीबाट ढुङ्गा माटो झरे पछि अबिरल थाङ्मीको कोल्टी कुखुरा फाममा ढुङ्गा लागेर धोस्त भएको छ ।
स्थानीय युवा ब्यवसायी अबिरल थाङ्मीको माग छ ।
अबिरल थाङ्मी बिकास बिरोधि होइन तर जनताको कास बास कपास खोसेर गरेको बिकास बिकास होइन बिनास हो ।
तेसैले थाङ्मीको कोल्टी फाममा भएको लगानी १६ लाखको क्षतिपूर्ति भर्नु कालिन्चोक हाइड्रोपावर कम्पनीलाई माग सहित र स्थानीय सरकारवालालाई ध्यानाकर्षण गर्दा छन ।
पावर सेन्टरको निर्देशन भन्दै सोझा गाउलेको आखामा छारो हानेर हाइड्रोपावरले सयौं बर्ष देखि बसोबास गर्दै आएको आफ्नो बस्ती मुनि कुनै सरसल्लाह र परामर्श नगरी अबैधानिक रुपमा डोजर लगाएर खन्ने काम सुरु गरेको कालिन्चोक २ का स्थानियहरुको गुनासो रहेको छ ।
स्थानीय युवा व्यवसायी अविरल थाङ्मीको लगानीको क्षतिपूर्ति कालिञ्चोक हाइड्रोपावर कम्पनीले नभरे अथवा स्थानीय निकायले ध्यानाकर्षण नदिए अविरल थामी आवरण अनसनमा रहने पनि जानकारी थाङ्मीचागु डटकमलाई अबिरलले थाङ्मी दिनु भएको छ ।





