सामा चकेवाको विसर्जन विधिपूर्वक गरिदै ।।।

0Shares

सामा चकेवाको विसर्जन विधिपूर्वक गरिदै ।।।

विनोद मण्डल, मंसिर ११ ।कार्तिक शुक्ल पञ्चमी तिथिवाट शुरु भएर पूर्णिमा तिथिसम्म दिदीबहिनीहरुले दाजु भाईको दिर्घायुको कामना गर्दै खेल्ने समाचकेवा करिब ९ दिनसम्म खेलेर पूर्णिमाको रातमा भर्खर जोतिएको खेतमा विसर्जन गर्ने चलन रहेको भएता पनि ठाउनुसार पोखरी ,नदी वा जलाशयमा पनि विसर्जन गर्ने गरिन्छ ।

अन्तिम दिन सामा चकेवालाई दाजू भाईले विषेश आशनमा बसेर तीघ्रामा राखेर फुटाएपछि दिदीबहिनीले दाजू भाईलाई च्युरा, दही खानका लागि दिने चलन रहेको छ ।

बेलुका अबेला रातिसम्म सामूहिक रूपमा खेलिने सामा चकेवा मनोरञ्जनको साथ नौ दिनसम्म धुमधामले लोक भाकामा गित गाउँदै खेलिन्छ ।

सामा-चकेवामा पात्रहरू सामा , चकेवा, चुगला, सतभईया, वनतितिर, झाँझी कुत्ता, वृन्दा वन लगायतका मूर्तिलाई फुटाएर विसर्जन गरिन्छ ।

धुमधाम , खुशी हर्ष र मनोरञ्जनको साथ खेलिने यी सामा चकेवाको बिदाईले नौ दिन पश्चात् भसाउने दिनमा बिबाह पछि छोरिको बिदाई भएको जस्तै भाबुक र बिभोरपूर्ण गीत गाएर बाजा गाजा सहित फूल मालाले सजाएर सामाचकेवालाई विसर्जन गरिन्छ ।

कात्तिक शुक्ल पूर्णिमाका दिन मध्यरातिमा एकैसाथ गाउँको खुला खेतमा गई समाचकेवाको आकर्षक मूर्तिलाई विसर्जन गर्दै पर्व समापन गरिन्छ ।

कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा बिसर्जन गरिन्छ ।

सामा चकेवा मुख्यपात्रको रुपमा रहन्छ भने यसमा खल पात्रको रुपमा चुक्ला, चुग्ली रहन्छ । अन्य चरा चुरुङ्गीको स्वरुपहरु निर्माण गरेर पञ्चमी देखि पूर्णिमासम्म डालामा सजाएर आफ्नो दाजू भाईको वीरताको बखान गीत मार्फत गर्ने चलन रहेको छ ।

समाचकेवालाई नदि, सरोवर, तलाउमा विसर्जन गरिन्छ भने खल पात्रको रुपमा रहेको चुग्ला, चुग्ली सहितको पात्रलाई गाउँको छेउँमा रहेको फोहर खेतमा लगेर विर्षजन गर्ने चलन रहेको छ ।

सामा चकेवा विसर्जनको दिन कतिपय ठाउँमा र्याली निकालिएको छ भने मौलिक संस्कृति अन्तर्गत विविध कार्यक्रम समेत आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *