बाईक दुर्घटनामा तीन जनाको मृत्यु ।।।

0Shares

बाईक दुर्घटनामा तीन जनाको मृत्यु ।।।

विनोद मण्डल, मंसिर ७ । सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु र एक घाइते भएको छ ।

सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ ।

घाइतेहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र बताईएको छ भने दुर्घटनामा घाईते भएका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *