मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
बाईक दुर्घटनामा तीन जनाको मृत्यु ।।।
बाईक दुर्घटनामा तीन जनाको मृत्यु ।।।
विनोद मण्डल, मंसिर ७ । सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु र एक घाइते भएको छ ।
सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ ।
घाइतेहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र बताईएको छ भने दुर्घटनामा घाईते भएका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको प्रहरीले जनाएको छ ।




