नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
फेला परेको बृद्ध पुरुष आफन्तलाई जिम्मा ।।।
फेला परेको बृद्ध पुरुष आफन्तलाई जिम्मा ।।।
विनोद मण्डल, मंसीर ७ । हिजो करिब १८:०० बजेको समयमा मोरङको पथरी शनिश्चरे न.पा. १ फिल्महल लाईनमा १ जना बेवारिस अवस्थामा बृद्ध पुरुष फेला परेको थियो ।
फेला परेको वृद्धको बारेमा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटी गई उद्वार गरी सोधपुछ गरी बुझ्दा मोरङको रतुवामाई न.पा. १० बस्ने वर्ष ८२ को अखरमान धिमाल रहेको बुझेर प्रहरीले आफन्त पत्ता लगाई फोन सम्पर्क गरी उनका नाती पर्ने उर्लाबारीको न.पा. ३ बस्ने जिवन भन्ने हेम ब. धिमालको छोरा वर्ष ३८ को मनोज धिमाललाई प्रहरीले ईलाका प्रहरी कार्यालय पथरीमा बोलाई सकुशल जिम्मा लगाई पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।





