मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
बिगु ८ थाङ्मीचागुमा यही कात्तिक २५ गतेबाट स्कुल वडास्तरिय खुल्ला पुरुष भलिबल र विभिन्न सस्कृतिक कार्यक्रम हुने भएको छ ।।।
बिगु ८ थाङ्मीचागुमा यही कात्तिक २५ गतेबाट स्कुल वडास्तरिय खुल्ला पुरुष भलिबल र विभिन्न सस्कृतिक कार्यक्रम हुने भएको छ ।।।
सन्तोष ठान्टी थाङ्मी
थाङ्मीचागु डटकम
बिगु गाँउपालिका – ८ थाङ्मीचागु स्कुल वडास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । निको एकता समाज परिबर्तन नेपाल क्लबको आयोजनामा बलिहाङ्ग पर्व भाइ-टिकाको अवसर पारेर स्कुल वडास्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता र विभिन्न संस्कृतिककार्यक्रम हुने आयोजना गरिने भएको हो ।
आज निको एकता समाज परिबर्तन नेपाल क्लब वडा नं ८ ले एक सूचना जारी गर्दै यहिँ कार्तिक २५ गते ठातिपोले खेल मैदानमा उक्त कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रतियोगितामा तर्फ प्रथम पुरस्कार दुई ओट भाले र प्रमाणपत्र द्धितिय पुरस्कार एक ओट भाले र प्रमाणपत्र तृतिय पुरस्कार एउटा पोठिर प्रमाणपत्र रहेको छ ।
टिम दर्ता शुल्क रु. १२०० सय रहेको छ । साथै निको युगान्तकारी थाङ्मीचागु युवा मंचले जारी गरेको सुचनामा कार्यक्रम अवधिभर कार्यक्रम स्थल वरपर मदिरा विक्रि वितरण तथा सेवन निषेध गरीएको समेत उल्लेख गरिएको जानकारी भलिबल प्रतियोगिताको संयोजक लभिन थाङ्मीले थाङ्मीचागु डटकमलाई जानकारी दिनु भएको हो ।
नोट:- पालिका स्तरियमा खेल्ने खेलाडी लाई समाबेश गरिने छैन ।





