मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
लागु औषधसहित ३ जना पक्राउ ।।।
लागु औषधसहित ३ जना पक्राउ ।।।
विनोद मण्डल , कार्तिक २२ । तनहुँ प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राऊ गरेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारको पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङ्बाट आँबुखैरेनीतर्फ आउदै गरेको यात्रुबाहक बसमा सवार भारत मोतिहारी पुर्वी चम्पारण घर भएका बर्ष १९ को क्यामुदिन अन्सारी, भारत मोतिहारी कटहनौनापुर ग्राम पन्चायत घर हुने बर्ष ६० की मुस्ताफा खातुन र १९ को निराले आलमले लुकाई छिपाई ल्याएको Diazepam लेखिएको 2ml को सिसि ७३ थान (एम्पुल), Phenergan लेखिएको 2ml को सिसि ७३ थान( एम्पुल) र Noophine लेखिएको 2ml को सिसि ७३ थान (एम्पुल) गरी जम्मा २१९ थान (एम्पुल) नियन्त्रित लागु औषध सहित पक्राउ गरिएको छ ।
पक्राऊ परेका सबैलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरि ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।





