मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
क्रिकेटको घोषित पुरस्कारका लागि १ करोड ५७ लाख निकासा ।।।
क्रिकेटको घोषित पुरस्कारका लागि १ करोड ५७ लाख निकासा
थाङ्मीचागु डटकम
२०८० कात्तिक १८ गते
१७ कात्तिक, काठमाडौं । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए ।
गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु-१९ पुरुष सीडब्लुसी एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग- २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।
साथै सदस्य-सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाइ दिँदै फाइनलमा सफलताका लागि शुभकामना समेत दिएका हुन् ।
क्रिकेट घोषित पुरस्कार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?




