मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु
जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु
शनिबार, १८ कात्तिक २०८०,
संग्रह
सुर्खेत । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा १४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमका डीएसपी नवराज भट्टराईका अनुसार आठबिसकोट नगरपालिकाको वडा नं ११ मा ७ जना, वडा नं १२ मा ४ जना र वडा नं १३ मा ३ जनासहित १४ जनाको मृत्यु भएको हो l
‘ठुलो मानवीय क्षति भएको छ,’ उनले भने,‘ घाइतेहरूको उद्धार गर्ने, अस्पताल पुर्याउने काम भइरहेको छ ।’ भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् । ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भएर सो भूकम्प गएको थियो ।
प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार आठबिसकोट नगरपालिकामा धेरै मानवीय क्षति भएको छ।’
जाजरकोट भूकम्प





