जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु

0Shares

जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु

शनिबार, १८ कात्तिक २०८०,
संग्रह
सुर्खेत । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा १४ जनाको मृत्यु भएको छ ।  रुकुम पश्चिमका डीएसपी नवराज भट्टराईका अनुसार आठबिसकोट नगरपालिकाको वडा नं ११ मा ७ जना, वडा नं १२ मा ४ जना र वडा नं १३ मा ३ जनासहित १४ जनाको मृत्यु भएको हो  l

‘ठुलो मानवीय क्षति भएको छ,’ उनले भने,‘ घाइतेहरूको उद्धार गर्ने, अस्पताल पुर्‍याउने काम भइरहेको छ ।’ भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् । ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भएर सो भूकम्प गएको थियो ।

प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार आठबिसकोट नगरपालिकामा धेरै मानवीय क्षति भएको छ।’

जाजरकोट भूकम्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *