जाजरकोटमा भुकम्पमा परी कम्तीमा १० जनाको मृत्यु ।

0Shares

जाजरकोटमा कम्तीमा १० जनाको मृत्यु, केन्द्रविन्दु रहेको बारेकाेटसँग सम्पर्कविच्छेद

थाङ्मीचागु डटकम संवाददाता
शनिबार, १८ कात्तिक २०८०,
संग्रह
काठमाडौँ । जाजरकोट भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकाेटले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय जाजरकाेटका अनुसार भेरी नगरपालिकामा दुई जना, नलगाढ नगरपालिकामा ४ जना, कुशी गाउँपालिकामा ४ जना गरि १० जनाको मृत्यु भएको स्थानीयले कार्यालयमा जानकारी गराएका हुन् ।

भूकम्पकाे केन्द्रविन्दु रहेको बारेकाेट गाउँपालिकामा भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । त्यहाँको सबै सम्पर्क विच्छेद भएको जाजरकाेटका प्रजिअ सुरेश सुनारले बताए । जाजरकाेटमा यतिबेला प्रहरीको सञ्चारसेटले पनि काम गरेको छैन । भूकम्पबाट छिमेकी जिल्ला रुकुममा पनि क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *