४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
रामेछापको गौश्वरामा ठूलो दुर्घटना हुनबाट जोगियो यात्रु बस ।।।
रामेछापको गौश्वरामा ठूलो दुर्घटना हुनबाट जोगियो यात्रु बस ।।।
थाङ्मीचागु डट कम
१६ कात्तिक, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराको खर्शुबथानमा यात्रु बहाक बस ठूलो दुर्घटनाबाट जोगिएको छ । हिजा काठमाडौंबाट गौश्वरातर्फ आएको बस खर्शुबथानको मोडमा सडकबाट तल खस्नबाट जोगिएको छ । चालकको सावधानीको कारण ठूलो दुर्घटना टरेको स्थानीय रोहित मगरले जानकारी दिए ।
उनका अनुसार उक्त डिलबाट गाडी दुर्घटना भएको अवस्थामा एक हजार मिटर तल पुग्ने थियो । हाल उक्त बस फसेको ठाउँबाट निकालिएको छ । स्थानीयले सो मोडको स्तरउन्नती गर्न माग गरेपनि गाउँपालिकाले ध्यान दिन गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्





