मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
रिगल डन’ नेपालगन्जबाट पक्राउ ।।।
रिगल डन’ नेपालगन्जबाट पक्राउ
बिहीबार, कात्तिक १६, २०८०
थाङ्मीचागु डट कम
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् ।
सर्वोच्च अदालतले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो ।
पूर्ण इजलासको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ढकाललाई नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको भन्ने कसुरमा अदालतको फैसलाअनुसार ठहर भएको जन्मकैदको सजायमध्ये भुक्तान हुन बाँकी ११ वर्ष ११ महिना ५ दिन (५९.६६प्रतिशत) कैद सजाय नहुने भनी फौजदारी कसूर ऐन, २०७४ को दफा ३७ समेतको आधारमा प्रत्यर्थीहरुबाट कारवाही तथा निर्णय भएको आदेशमा उल्लेख छ ।
“उक्त दफा ३७ लाई कानुनी आधारको रुपमा ग्रहण गर्ने हो भने पचास प्रतिशत कैद सजाय भुक्तान नभएको र जन्म कैद सजाय पाएको कसूरदारको हकमा सो बमोमिजको कैद कट्टा सुविधा प्रदान गर्न मिल्ने देखिँदैन । प्रत्यर्थीहरुले लिखित जवाफमा भने कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) समेतको आधारमा कैद कट्टा गरेको भनी जिकिर लिएको पाइयो । कारगार नियमावली, २०२० मा २०७९–९–१८ मा भएको संशोधनबाट उल्लिखित उपनियम (१) र (१क) खारेज भएको भैसकेको देखिन्छ,” आदेशमा उल्लेख छ ।




