हार्दिक समवेदना एवम् भावपूर्ण श्रदान्जली

4Shares

हार्दिक समवेदना एवम् भावपूर्ण श्रदान्जली
पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको बिमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जना परेपछि गाउँ शोकमा डुबेको छ ।
बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना धनुषाको मिथिला नगरपालिका ११ लोटाका हुन् ।
बिमान दुर्घटनामा अन्दाजी ४२ वर्षिय राजनकुमार गोलेसहित उहाँको आफन्तहरु परेका छन् । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ गरी सात जना एकै परिवारका सदस्यहरु बिमान दुर्घटनामा परेका छन् ।
उहाँहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लाग्नु भएको थियो । एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना बिमान दुर्घटनामा परेपछि गाउँवासीमा रुवावासी चलेको छ । दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन् । सान्त्वना दिन मधेस प्रदेश सरकारका उद्धोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो आफन्तको घर पुग्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *