नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
हार्दिक समवेदना एवम् भावपूर्ण श्रदान्जली

हार्दिक समवेदना एवम् भावपूर्ण श्रदान्जली
पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको बिमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जना परेपछि गाउँ शोकमा डुबेको छ ।
बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना धनुषाको मिथिला नगरपालिका ११ लोटाका हुन् ।
बिमान दुर्घटनामा अन्दाजी ४२ वर्षिय राजनकुमार गोलेसहित उहाँको आफन्तहरु परेका छन् । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ गरी सात जना एकै परिवारका सदस्यहरु बिमान दुर्घटनामा परेका छन् ।
उहाँहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लाग्नु भएको थियो । एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना बिमान दुर्घटनामा परेपछि गाउँवासीमा रुवावासी चलेको छ । दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन् । सान्त्वना दिन मधेस प्रदेश सरकारका उद्धोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो आफन्तको घर पुग्नु भएको थियो ।





