MNO-DGG संगठनले देश भरी संविधान दिवस संविधान जलाएर बहिष्कार गरेको छ ।

0Shares

थाङ्मीचागु डट कम
मंगलवार असोज , ३,२०८०

काठमाडौं- मङ्गोल नेशनल अर्गनाइजेसन -डाक्टर गोपाल गुरुङ संगठनले संविधान पुर्ण लेखनको माग गर्दै संविधान दिवसमा बिरोध साथै बहिष्कार गरेको छन ।

संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको भन्दै MNO-DGG ले संविधान दिवस बहिष्कार गरेको हो।

संविधानमा विभेदकारी प्रावधान राखिएको उल्लेख गरेको MNO-DGGले संविधान दिवसमा विरोध गर्ने र विभेदकारी प्रावधान पुर्ण लेखनको लागी दबाब दिने MNO-DGGले जनाएको छ। असोज ३ मा संविधान पुर्ण लेखनका पक्षमा शान्तिपूर्ण विरोध MNO -DGGले गरेको छ।

८०%जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी संविधान जारी भएको जसपाMNO-DGGको ठहर छ। संविधान विभेदकारी, अधुरो, अपुरो र त्रुटीपूर्ण रहेको MNO-DGGले विज्ञप्तिमा उल्लेख गरेको छ।

सविधानले मात्र हिन्दु खस आर्य मात्र समेटेको नेपालको ८०% अहिन्दु मुलबासी मङ्गोल समुदायलाई ओझेलमा मारेको भन्दै MNO – DGG ले आज संविधान जलाएर बहिष्कार गरेको छ ।

संविधानले मङ्गोल मुलबासी मधेशी, अल्पसंख्यकलगायतका समुदायको मुद्दा सम्बोधन गर्न संविधान पुर्ण लेखन गर्नुपर्ने भन्दै MNO-DGG संगठनले संविधान दिवसको दिन संविधान जलाएर बहिष्कार बिरोध जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *