मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
Monday, May 25, 2026
कविताको शिर्षक : क्रान्ति.डम्बर थामी ‘अनुपम’
- डम्बर थामी ‘अनुपम’
कविताको शिर्षक : क्रान्ति
– डम्बर थामी ‘अनुपम’
क्रान्तिमा
बुद्धि-विवेकको
उच्चातिउच्च संयोजन हुन्छ
आवेगीय गगनभेदी गर्जन हुन्छ
प्रत्येक अक्षर र शब्दहरुबाट
भोका नाङ्गाहरुको
शोषित पीडितहरुको
रगतका थोपाहरु चुहिन्छ
त्यसले विशालाकाशको
नीलिमालाई पनि
क्षणभरमै रातो पारीदिन्छ
क्रान्तिलो रङ्ग कहिल्यै बदलिंदैन
सम्भ्रान्तहरुलाई क्रान्ति चाहिँदैन
१ अगस्ट २०२३, पराईभूमी !






