पाल्हिनन्दनमा बाघकाे आक्रमणबाट २ जना गम्भीर घाइते

0Shares

पाल्हिनन्दनमा बाघकाे आक्रमणबाट २ जना गम्भीर घाइते

सुरेश यादव,नवलपरासी / चैत १६ ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ४ बैरवा स्थित बाघकाे आक्रमणबाट २ जना गम्भीर घाईते भएका छन् । आज बिहान करिव ६ बजेकाे समयमा बैरवाकाे आपँ र बासघारीकाे बगैंचा बाघले एक्कासि आक्रमण गरेकाे हाे ।

बाघकाे आक्रमणबाट बैरवा निवासी ४५ वर्षिय गजेन्द्र काेईरी र पाल्हिनन्दन ६ लङ्डीपाकड बस्ने १८ वर्षिय सम्पत भर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे । काेईरीकाे मुख,नाक र ओठमा चाेट लागेकाे छ भने भरकाे खुट्टामा चाेट लागेकाे र दुवै जनाकाे अवस्था सामान्य रहेकाे सुचना अधिकारी पाण्डेले बताउनुभयो ।

घाईतेहरुकाे पाल्हिनन्दन अस्पताल लाेहराैलीमा उपचार भईरहेकाे छ भने बाघ अहिलेसम्म साेही बगैंचामा लुकेर बसेकाले वन कार्यालयका प्राबिधिक टाेलीले नियन्त्रणमा लिनकाे लागि घटनास्थल तर्फ पुगि सकेकाे भए पनि अहिले सम्म बाघ नियन्त्रण आउन नसकेकाे सुचना अधिकारी पाण्डे जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *