नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
प्रतापपुर गाउँपालिकाको बेतहानीमा प्रहरी र स्थानीयबीच झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार
प्रतापपुर गाउँपालिकाको बेतहानीमा प्रहरी र स्थानीयबीच झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार
सुरेश यादव,नवलपरासी /चैत १६ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५ बेतहानीमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । प्रहरीले एक जना युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन जाँदा स्थानीयवासीहरुले अवरोध गरेपछि झडप भएको हो ।

प्रहरीले झडप नियन्त्रणका लागि दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले बताउनु भएको छ ।
उहाँका अनुसार युवकसँग भेटिएको १० लाख रुपैयाँ नगदको श्रोत खुलाउन माग गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लैजान खोज्दा स्थानीयले अवरोध गरेका हुन् । आफ्नै पैसा बैंकमा जम्मा गर्न हिँडेका युवकलाई प्रहरीले बाटोमा रोकेर नियन्त्रणमा लिन खोजेको स्थानीयवासीको आरोप रहेको छ ।






