नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
दोलखा शैलुुङका एक युवकको सवारी दुर्घट्नामा मृत्यु

गोरखामा भएको सवारी दुर्घट्नामा दोलखा जिल्ला घर भएका एक युवकको ज्यान गुमाएका छन् । मिनिट्रक दुर्घटनामा परी शैलुङ गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय विष्णु खड्काको मृत्यु भएको हो । उनी धादिङको राष्ट्रिय वाणिज्य बैँक गजुरी शाखामा कार्यरत थिए ।
खड्काको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घट्नामा खड्कासँगै बर्दियाका मंगल चौधरीको पनि मृत्यु भएको छ । बिवाहमा सहभागि हुन जाँदै गर्दा उनीहरु दुर्घट्नामा परेका हुन् ।
प्रहरीका अनुसार गोरखा बसपार्कबाट हरमटारी चोकतर्फ जाँदै गरेको प्रदेश ३ ०१–००३ क ६१७० नम्बरको मिनिट्रक गोरखा नगरपालिका वडा नम्बर ६ बिसौनीमा दुर्घट्ना भएको थियो । दुर्घटनामा परी घाइते भएका ६ जनाको भरतपुर मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भैरहेको छ ।





