देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंमा

0Shares

३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ ।

उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *