थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
सालको काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

गोरखामा सालको अवैध काठ राखेको आरोपमा फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । आशिष फर्निचर उद्योग सञ्चालक गोरखा नगरपालिका–३ नारेश्वर चिसापानी घर भएका आशकुमार सुनार पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनको फर्निचरबाट ४९ थान सालको गोलिया काठ र १ सय १९ थान चिरान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लिलाराज लामिछानेले बताए । उनको फर्निचर उद्योगमा खानतलासी गर्दा अवैध रुपमा राखेको सालको काठ फेला परेको प्रहरीको दाबी छ । सुनारलाई प्रहरीले अनुसन्धानका लागि डिभिजन वन कार्यालय पठाएको छ ।




