यलुङ लिपि (थाङ्मी लिपि) को महत्व

71Shares

यलुङ लिपि (थामी लिपि) को महत्व

काठमाडौको पहिलो प्राचीन नाग जाति भनेर चिनिन्दै आएका थम्बु समुदाय माथि जम्बु दिप बाट भाग्दै आएका कृष्ण भगवान द्वारा दमन भए पछि काठमाडौमा थम्बु समुदायको बिस्तापित भए पछि काठमाडौमा गोपाल वश ( कृष्ण भगवान ) को आराम्भ भयो । गोपाल जातिले, थम्बु(नाग) जाति लाइ काठमाडौको बागमतिको किनारमा दमन गरे पछि काठमाडौका सबै थम्बु जाति भाग भाग भए काठमाडौ बाट ज्यान जोगाउदै सिम्घ्राट सम्म पुगे त्यस पछि तामाकोसी किनार आसपास छरिएर बसोबास गर्न लागे ।

तामाकोसी किनार किनारै हुदै केहि थम्बुहरु दोलखा नागदह दोल्ति खोला सम्म पुगे , दोलखाको किरातिछापमा कैलाश राजाले आफ्नो पहिलो किपट थलो बनाइ बसे । कैलाशहाङ राजाको बाख्रा भेडा गोठ थियो त्यो समय पशु पालन युग थियो । दोलखा र रामेछापको बीच शैलुङमा कैलाश राजाको बाख्रा र भेडा गोठ थियो उक्त ठाउमा यलम्बर राजाको जन्म भयो, यलम्बर राजाको नुवारनको नाम यलुङ थियो त्यहि यलुङ नाम बाट नै शैलुङ नाम रहन गएको भन्ने कुरा प्राचिन नेपालको इतिहास बाट प्रष्ट हुन्छ ।

यलम्बर थम्बु ठुलो भए पछि काठमाडौ आउनु भयो त्यो बेला काठमाडौमा महिशपाल वशि भुवन सिङ राजाहरुले राज्य गरि रजाइ गरिरहेको देखेर यलम्बर थम्बु राजाले मेरो पुख्र्यौली राज्यमा बैरि को रजाइ भए छ भनि महिसपाल राजा भुवन सिङ सङ्ग लडाइ गरि काठमाडौमा फेरि यलम्बर थम्बु राजाले आफ्नो भुमि फिर्ता हासिल गर्नु भो र काठमाडौमा विशाल किरात राज्य संचालन गर्नु भयो ।त्यस पछि विशदेब का पनाति शङक्रर देबका नाति, धर्म देबका छोरा लिच्छवि मानदेव राजा दुश्मनहरुले आक्रमण गरि गस्ति हाङ राजाको पालामा च्यासलमा ८०० थम्बु किराति मारे पछि काठमाडौ किरात राज्यको पतन भयो ।

वास्तविक किराति जाति बारे गोपाल वशवलिमा लेखिएको जसरि तामाकोसी किनार किनारै बसोबास गरि आएको जाति नै किराति यलम्बर राजाका सन्तान थम्बु (थाङमी ) हुन भन्ने यथेष्ट प्रमाण छ । अहिले पनि थम्बु भासामा काठमाडौका धेरै ठाउहरुको नाम हरु पाइन्छ , जस्तै :-टुडिखेल ,ठिमि, साङा, भाटेढिकुर,कोटेश्वर , थानकोट …..
किराँत काल काठमाडौं उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ । यसले किराँत जाति मानिसहरू लगभग ९०००वर्ष अगाडी यहाँ बसोबास गर्ने देखाएको छ । किराँती ढुङ्गे युग र पशुपालन युग भन्दा अगाडिका र हिमाली पहाडीहरूको एक भुमीपुत्र मुलबासी हो, जुन शिवलेक पर्वत बाट मध्य एशिया, भारत र हिमालय धेरै ठाऊमा छरेर बस्न थाले। किराँत काल(काठमाडौको नाग जाति )भन्दा पछी पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ । किरातकाल नै सुरुको काल हो ।
यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा मध्य बैज्ञानिक र सक्तिसाली राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ।

काठमाडौंको प्राचिन नाग वश नै अहिलेको थाङमी किराती वश हुन ।प्राचिन हिन्दू धर्म ग्रन्थले पनी किरातहरु अनार्य भन्दै आएको छ।

तोरी हेगनका अनुसार काठमाडौंमा पहिलो बासिन्दा किरात हुन भनेका छन् ।

प्राचिन भारतमा किरात नामक पुस्तक लेखक जिपी सिङले नेपाल उपत्यकाको पहिलो बासिन्दा किरात नै हुन भनेका छन।

प्रेम बा माबोहाङ् र राजकुमार राई लेखकका अनुसार पाल्पाका राजा धर्म सिन्धुले काठमाडौंका राजा युक्नीहाङले दुई तिहाई सैनिक पाल्पा पठाई त्यही मौकामा मुजपुरका लिछिबी राजा भुमी बर्मले नेपाल उपत्यका युद्द गरे थोरै सैनिकको कारण राजा युक्निहाङ बनेपा तिर लागे बनेपा मै मरे भन्ने इतिहास पनी लेखेका छन ,

यलुङ लिपि :-थम्बु ( थामी) समुदायको लिपि हो । यो सबै इतिहास अपुरो हुनमा काठमाडौंको शासक वर्ग नै थम्बुहरु थिए उनिहरु राज्य छोडेर भागे ८०० जना पाटनको च्यासल मा मारिय त्यस पछी २ जना भागेर सिम्राङ्घाट पुगे त्यहा बाट तामाकोशी किनारै किनार दोल्ती खोला हुदै दोल्खा नागदह देखी उकेसुकु र बेती सुखू को ९ भाई छोरा मध्य एक भाई यापयि छूकु सुस्स्पा र अरु लापिलाङ, बन्चरे , बाबरे कालिन्चोक ,थामिचागू , आलाम्पू ,बिगु उता पिस्कर सम्म पुगे अहिले सिन्धुपलाञ्चोक, रामेछाप , सिन्धुली नेपालको २४\२५ जील्लामा छरेर बसेका छन ।।।

कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरू गस्तिहाङ वशलाई खेदेर लिच्छवी वंशको राज्य स्थापना गरे ।

इतिहासविद :- मदन थामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *